|

काठमाडौं : भारतीय विदेशमन्त्री सुब्रहमन्यम जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

नेपाल भारतको संयुक्त बैठकमा भाग लिन हिजो नेपाल आएका विदेशमन्त्री जयशंकरले आज विहान राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिसँगको भेटमा नेपाल र भारत सम्बन्धका बारेमा चर्चा भएको शितल निवासले जनाएको छ। यसअघि मन्त्री जयशंकरले आजै विहान पशुपतिनाथको दर्शन गरेका थिए।

जयशंकरले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। दुई दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकर आजै स्वदेश फर्किने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.