|

२०७४ को जेठ ८ मा भलिबललाई राष्ट्रिय खेल घोषणा गरियो।

नेपालका दुरदराज र जतासुकै खेल्न मिल्ने र सबैका लागि सहज पहुँचमा भएको कारण भलिबल राष्ट्रिय खेल बन्यो। राष्ट्रिय खेलको गरिमालाई अन्तर्राष्ट्रिय उचाई दिनु सरकारको अर्को मुख्य काम हो। तर सीमित अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भलिबलले ०७४ पछि राष्ट्रिय प्रतियोगितामा भने उल्लेख्य सुधार ल्यायो। तर खेलाडी उत्पादनमा भने भलिबलसंघ निरीह देखियो। जसको परिणाम भने काठमाडौंमा जारी एभिसी सेन्ट्रल जोनमा प्रत्यक्ष अनुभव गर्न पाइएको छ।

यसअघि हराएको माल्दिभ्ससँग पनि नेपाल निरीह रहँदै सोझो सेटमा खेल सुम्पिदै प्रतियोगितबाट बाहिरियो। तीन टिम सहभागी प्रतियोगितामा आयोजक नेपालले किर्गिस्तान र माल्दिभ्ससँग राउन्ड रोविनका आधारमा खेलेको थियो। तर बिडम्बना दुबैसँग नेपाल कुनै पनि समयमा खेलमा देखिएन्। सबै पक्ष कमजोर र छताछुल्ल भयो।

अब्बिङले सुधार्न सकेनन्

दुई महिना अघि नेपाली टिम समाल्न काठमाडौं आइपुगेका डच प्रशिक्षक हान अब्बिङले दुई महिनामा नेपाली टिममा देखिन गरि कुनै खास परिर्वतन गर्न सकेन्न। अघिल्ला संस्करणमा नेपाली प्रशिक्षककै बलमा एभिसी सेन्ट्रल जोनमानै राम्रो र एतिहासिक नतिजा निकालेको नेपाल यो पटक घरेलु मैदानमा कुनै पनि समय लयमा देखिएन।

दुई महिना देखिको तयारीमा हानले नेपाली भलिबल टिमका कुनै पनि पक्ष बलियो बनाउन सकेनन्। मुख्य रुपमा नेपाल रिसिभ, ब्लकिङ र स्पाइकमा चुक्यो। पहिलाको तुलनामा सर्भिसमा कम मिस गरे पनि आवश्यक महत्वपूर्ण क्षेत्रमा निरीह रहँदा दुबै टिमविरुद्ध नेपाल कमजोर प्रतिद्बन्द्बीका रुपमा परिणत भयो। हानले पहिलो हारलाई स्वभाविक भनेका थिए भने दोस्रो हारमा पनि खेलाडीलाई कारण देखाए। तर यी दुबै हारमा उनको भूमिका सर्वाधिक बढी छ। 

हानले सधैँ नेपाल कमजोर भएको र यतिको प्रदर्शन राम्रो भन्ने गरेका छन्। तर कमजोर नेपाललाई बलियो बनाउन नेपाल ल्याइएका प्रशिक्षकले सुधारको संकेत देखाउन नसक्नु दुर्भाग्य हो। एक पूर्व खेलाडी भने, ‘विदेशी प्रशिक्षक ल्याएर के के न हुन्छ जस्तो गरेर हुँदैन। खै रिजल्ट? भलिबलमा अनावश्यक राजनीति गरेर राम्रो खेलाडीलाई पाखा लगाउने काम भयो। जसको परिणम एभिसी सेन्टर जोन भलिबल हो।’

मानबहादुरमाथि अनावश्यक एक्सन

नेपालले यसअघि बंगलादेशमा भएको संस्करणमा तेस्रो स्थान हात पार्दा नेपालको जितका नायक रहेका मानबहादुर श्रेष्ठ यो पटक भलिबल संघको अनावश्य राजनीतिको सिकार भए। नेपाली सेनाका जागिरे उनी नसोधी जापान गएको भन्दै उनीमाथि सेनले कारबाही गरेको छ। सोही कारवाही नै राजनीति गर्ने संघभित्रका ब्यक्तिका लागि मानबहादुरलाई राष्ट्रिय टिमबाट बाहिर राख्न पर्याप्त भयो।

लगनखेलस्थित त्रिभुवन आर्मीको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रको कभर्डहलमा नेपाल माल्दिभ्ससँग हार्ननजिक रहँदा उपस्थित दर्शकले मानबहादुरको नाममा चर्को हुटिङ गरे। दर्शकको हुटिङ पाएपछि मानवहादुर भावुक भएका थिए। किनकि अब दर्शक धेरै बुझ्ने भएका छन्। कहाँ राजनीति भइरहेको छ भनेर। भलिबल संघको अनावश्यक राजनीतिको सिकार एक राम्रो खेलाडी हुनु र देशले घरमा आयोजनमा भएको पदकनै गुमाउने अवस्था आउनु निकै दुखद हो।

त्यसोत मानबहादुरसँग अघिल्लो पटक एभीसी सेन्ट्रल जोन भलिबलको याद ताजै छ। बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई नै पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थिए।

उक्त खेलमा बंगलादेशले माल्दिभ्सका खेलाडीलाई म्यान अफ द म्याच उपाधि दिए पनि माल्दिभ्सका खेलाडीले आफ्नो म्यान अफ द म्याच अवार्ड मानबहादुरलाई दिँदै त्यसको हकदार भएको बताएका थिए। त्यसको एक वर्षपछि नेपाल माल्दिभ्ससँग निरीह रहँदा घरेलु दर्शकको हुटिङ स्वाभाविक थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.