|

पर्वत : अविरल वर्षाका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डको काम सुचारु भएको छ।

मनसुनका कारण दुई महिनादेखि काम रोकिएकोमा गएको गत शनिबारदेखि पोखरा–बागलुङ सडक खण्डको काम चलिरहेको पर्वत खण्डको निर्माण कार्य गदै आएको लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए। सडक निर्माण रोकिँदा खाडलमा जमेको पानी र जुनसुकै बेला पनि पहिरो खस्न सक्ने खतरा रहको भन्दै निर्माणको काम तत्काल सुरु गर्न चौतर्फी दबाब सृजना भएको थियो।

सडकको काम बन्द भएको भन्दै पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीले संसद्मा नै लोकमार्गको काम रोकिएको विषयमा आवाज उठाएका थिए भने केही दिन अगाडि मात्र पनि नेपाली कांग्रेस पर्वतले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर लोकमार्गको काम रोकिएकोप्रति चिन्ता जनाउँदै यथाशीघ्र काम सुचारु गराउन ज्ञापनपत्र बुझाउँदै दबाब दिएको थियो।

दुई महिनादेखि सडक निर्माणको काम रोकिँदा पहिरो र अन्य कारणले यात्रु जोखिम मोलेर यात्रा गर्दै आउनुपरेको थियो। गत वर्षको जस्तो अत्यधिक वर्षा नभएको भए पनि काम गर्न लागिएका ठाउँहरू जोखिमपूर्ण भएकोले वर्षा यामको समयमा काम रोक्नुपर्ने बाध्यता रहेको म्यानेजर भुसालको भनाइ छ। उनका अनुसार पर्वतमा खण्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सनले सडक निर्माणको काम चार ठाउँबाट सुरु गरिएको छ। पर्वतको प्रवेशद्वार बेतीनी, आम्बोट भद्र खोला, दोबिल्ला र अर्मादीमा गरी चार स्थानमा कामदार झारेर नाली, टेवा पर्खाल लगाउने र पहिरो पन्छाउने काम सुरु गरिएको हो।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३.७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ। कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ। कम्पनीले असारसम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्यसहित काम गरे पनि अहिलेसम्म ५० प्रतिशत जति काम भएको छ।

स्टक्चरको काम २० प्रतिशत बाँकी रहेको र १५ किलोमिटरमा नाली बनाउन बाँकी रहेको प्रोजेक्ट म्यानेजर भुसालले बताए। नालीको काम कार्तिक महिनासम्म सक्ने लक्ष्य रहेको उनको भनाई छ। पर्वत खण्डमा असारसम्म कम्तीमा १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहे पनि अहिले सम्म कालोपत्रे हुन सकेको छैन। मालढुंगाबाट सुरु भएको कालोपत्रे पनि फेरी सुरु गर्नुपर्ने अवस्थामा रहेको छ।

मध्यपहाडी लोक मार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्ड लाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ। लोक मार्ग पुरै नयाँ स्वरूपमा बिस्तार र स्तरोन्नति गर्न चार वटा प्याकेज बनाएर काम भइरहेको छ। मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ।

विस २०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो। साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम रहेको थियो।

आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्ड लाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ। लोक मार्ग पूरै नयाँ स्वरूपमा बिस्तार र स्तरोन्नति गर्न चार वटा प्याकेज बनाएर काम भइरहेको छ। मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.