|

काठमाडौं : प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१/७२ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको वर्गीकरण नतिजामा ८३३ पत्रपत्रिका समावेश गरिएको छ। ९१० पत्रपत्रिका मूल्यांकन गरिएकोमा ७७ पत्रिकालाई वर्गीकरणमा समावेश गरिएको छैन।

वर्गीकरणको नतिजामा चित्त नबुझे पुनरावलोकनका लागि निवेदन दिने व्यवस्था काउन्सिलले गरेको छ। यसका लागि काउन्सिलले २१ दिनको म्याद तोकेको छ।

गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, काठमाडौं पोस्ट दैनिक, हिमाल खबरपत्रिका साप्ताहिक, द राइजिङ नेपाल दैनिक, हिमालयन टाइम्स दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, जनआस्था साप्ताहिक, साप्ताहिक साप्ताहिक र रिपब्लिका दैनिक क प्लसमा परेका छन्।   

हेर्नुस् वर्गीकरणको विवरण

वर्गीकरणमा नपरेका पत्रपत्रिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.