|

रुकुम : रगत अभाव भएर छटपटाई रहेकी एक सुत्केरीलाई स्वास्थ्यकर्मीले रगतदान गरेर ज्यान बचाएका छन्।

रुकुम पश्चिममा रहेको चौरजहारी अस्पतालमा सुत्केरी हुन आएकी जाजरकोट भेरी नगरपालिका ४ शान्तिचौतारा बस्ने ३६ वर्षीया देवी खड्काको प्रसूतिपछि रक्तस्राव भएर ज्यान जोखिममा भएपछि स्वास्थ्यकर्मीले रगतदान गरेका हुन्। 

जिल्ला ब्लड बैंक नभएको र अन्य ब्यक्तिहरू पनि रगतदान गर्न तयार नभएपछि अस्पतालमा कार्यरत एचए शिव लामिछाने र कर्मचारी दिनेश बिस्टले ए पोजिटिभ रगत दान गरेका हुन्। यसअघि पनि जटिल र सुत्केरी समस्याका बेला रगतको अभाव हुने बिरामीलाई अस्पतालका कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिले रगत दान गरेर बिरामीको ज्यान बचाउँदै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.