|
फाइल फोटो

गुल्मी : गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। शुक्रबार परेको श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए।

बिहीबार बसेको कार्यपालिकाको बैठकले हिन्दु धर्मालम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीका अवसरमा पारेर एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मरासिनीले बताए।

नगरपालिका  अन्तर्गतका स्वास्थ्य , शिक्षा, संघसंस्थालगायत सबै  वडा कार्यलय बन्द रहने भएको छ। भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै आइएको हो। भगवान विष्णुको आठौँ अवतारको रूपमा कृष्णको जन्मदिनको अवसरमा हिन्दू धर्मावलम्बीले मनाइने वार्षिक पर्व हो।

श्रीकृष्णा जन्माष्टमीमा हिन्दु धर्मावलम्बीले श्रद्धा–भक्तिका साथ भगवान् कृष्णको पूजा–आराधना गरी यो पर्व मनाउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.