|

धनगढी :  कैलालीको गौरीगंगा नगरपालिका ११ की माया विकको सामूहिक बलात्कार र हत्याको मुद्धाको पेसी आठौँ पटक स्थगित भएको छ। विकको सामूहिक बलात्कारपछि हत्या भयो १ वर्ष बित्दासमेत उक्त मुद्दााको सुनुवाइ हुन सकेको छैन। 

सरकारी वकिल कार्यालयका तर्फकाट ४ पटक र प्रतिवादीका कानून व्यवसायीबाट ४ पटक गरी अहिले सम्म ८ पटक सम्म पेसी स्थगित भइसकेको कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले जानकारी दिए। जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुङ्ग्याउनुपर्ने कानुनी व्यवस्था भए पनि कैलाली जिल्ला अदालतमा उक्त मुद्दाको पेशी पटक पटक सर्दै आएको हो।

जिल्ला अदालतत कैलालीले गरेको निर्यायविरुद्ध प्रतिवादीका तर्फका कानुन व्यवसायीहरूले उच्च अलादतमा रिट दायर गरेपछि सुनाइमा ढिलाइ भएको उनले बताए।

‘अदालतले गरेको थुनछेक आदेश पछि प्रतिबादीदे त्यसकोविरुद्धमा उच्च आदलतमा मुद्दा दायर गरेका थिए’ श्रेस्तेदार गिरीले भने, ‘मिसिलहरु यहाँ नरहेका कारण पनि ढिलाइ भएको हो।’ 

उच्च अदालतमै बहस भइरहेका कारण सरकारी वकिल कार्यालयका तर्फबाट तीन पटक र त्यो भन्दा पहिले पनि एक पटक स्थगित भएको जिल्ला अदालत कैलालीले जनाएको छ। चार पटक भने प्रतिवादीका तर्फबाट स्थगितका लागि निवेदन दिएको अदालतले जनाएको छ।

बिहीबारको पेसी पनि प्रतिवादी तर्फका कानुन व्यवसायी शिव सुन्दर शाहीले स्वास्थ्यमा समस्या आएको भन्दै पेसी सार्न निवेदन दिएकाले सारिएको श्रेस्तेदार गिरीले बताए। उनले भने, ‘उहाँले स्वास्थ्यमा समस्या रहेको भन्दै निवेदन दिनुभयो त्यसपछि पेसी सरेको हो।’ अबको पेसी भने अनिश्चित बनेको छ। 

गत वर्ष  असार १२ गते कार्यालय जान घरबाट हिँडेकी माया बिकको १५ गते कैलालीको गौरीगंगा नगरपालिका  ११ कै चपथली सामुदायीक वनको जङ्गलमा शव भेटिएको थियो। उनको सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटी पक्राउ गरेको थियो। उनीहरू पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी र अपहरणअन्तर्गत मुद्दा चलिरहेको छ । हाल पुर्पक्षका लागि थुनामा रहेका छन्। 

यस्तो थियो घटना

असार १२ गते कार्यालय जान भनेर घरबाट हिँडेकी गौरीगंगा नगरपालिका ११ की माया बिक कार्यालय पुगिनन्। सामाजिक परिचालकको जिम्मेवारीमा रहेकी माया कहाँ गइन् भनेर उसै दिन सोधखोज सुरु भयो। भोलिपल्ट पनि सम्पर्कमा नआएपछि परिवारका सदस्यले आत्तिएर प्रहरीमा हराएको उजुरी गरे।

धेरैले आफन्तका घरमा गएको अनुमान लगाए तर परिवारका सदस्य त्यो मान्न तयार भएनन्। यसै क्रममा उनको असार १५ गते कैलालीको गौरीगंगा नगरपालिका ११ कै चपथली सामुदायिक वनको जङ्गलमा शव भेटियो। एक साता लामो प्रहरीको अनुसन्धानले उनको सामूहिक बलात्कारपछि हत्या भएको बतायो। 

युवती हत्याको मुख्य योजनाकार ३० वर्षका गणेश बडूवाल, घटनामा संलग्न २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षको भुवन खाती र १९ वर्षका दीपेन्द्र बोगटीलाई असार २२ गते प्रहरीले सार्वजजिक गरेको थियो।

यौन सम्पर्क गर्न नमानेपछि सामूहिक बलात्कार 

गौरीगंगा नगरपालिकामा सामाजिक परिचालिएकाका रूपमा कार्यरत माया बिकसँगै अर्का एक जना स्थानीय गणेश बडूवाल पनि  कार्यरत थिए। केही दिनसँगै काम गरेका दुवै जना केही नजिक भए। त्यही मौका छोपेर बडूवालले मायालाई असार ८ गते यौन सम्पर्कको प्रस्ताव राखे। मायाले हकारिन्। 

त्यसपछि असार ११ गते बडूवालले उनीमाथि हातपात गरे। मायाले आफूमाथि दुर्व्यवहार गरेको सार्वजनिक गरी दिने भनेपछि त्यही झोकमा बडूवालले अर्का एक जना मनोज बोगटीलाई केही मान्छे जम्मा गर्न लगाए। 

बडूवालले गौरीगंगा नगरपालिकाका २७ वर्षीय बोगटीलाई माया मार्ने योजना सुनाए। बडूवालले मायाको हत्यापछि नगरपालिकाबाट उनले पाउने ८० हजार रुपैयाँ आफूले पाउने र त्यो रकम बोगटीलाई दिने आश्वासन दिए। 

बडूवालको योजनामा बोगटीले पनि सहमति जनाए। बोगटीले आफ्नै गाउँका सुरज चौधरीलाई र भुवन खातीलाई आफ्नो साथमा लिएर आए। बडूवालले १९ वर्षीय दीपेन्द्र बोगटीलाई लिएर आए। पाँचजनाको समूहले १२ गते बिहान ९ बजे बाटोमा कुरिरहे। साढे नौ बजे माया आइन्। एकाएक उनलाई समाते। मुख थुनेर जङ्गलतिर लगे। उनको हात बाँधेर सामूहिक बलात्कार गर्न थाले। 

पाँचजनामध्ये तीनजनाको बलात्कारपछि उनको ज्यान गयो। गत वर्ष  हत्यारा सार्वजनिक गर्दै कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले पाँचजनाले सामूहिक बलात्कारपछि हत्या गरेको बताएका थिए। बर्बर ढङ्गले मायाको हत्या गरिएको प्रहरीले जनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.