कसरी चलाउने?

|

काठमाडौं : नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा चौंथो पुस्तामा आधारित मोबाइल इन्टरनेट सेवा सुरु गरेको छ। पहिलो चरणमा टेलिकमले जीएसएम पोस्टपेडमा फोरजी सेवा सुरु गरेको हो। आउँदो माग २२ गतेदेखि जीएसएम प्रिपेड मोबाइलमा पनि फोरजी सुरु गर्ने नेपाल टेलिकमको तयारी छ। 

थ्रीजी को तुलाना फोरजीमा १० गुणा द्रुत गतिमा इन्टरनेट चलाउनु पर्ने भए पनि तत्काललाई ३ गुणा छिटो इन्टरनेट चल्ने छ। थ्रीजीमा १२ एमबीपीएसको गतिमा इन्टरनेट चल्छ भने फोरजीमा ३२.४ एमबीपीएस र व्यावसायिक सुरुवात पछि ४० एमबीपीएसमा इन्टरनेट चल्ने छ।

१०० एमबीपीएसको स्पिडमा इन्टरनेट चलाउन नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणलाई थप ५ मेगाहर्ज ब्यान्डविथ माग गरेको छ। यो प्राप्त भएमा १०० एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिनेछ। पोस्टपेड मोबाइलमा फोरजी सुरु भए पनि पुराना सिमले फोरजी सपोर्ट नगर्न सक्छ।

कसरी गर्ने सुरु?

फोरजी एक्टिभेट गर्न *४४४# डायल गर्नु पर्नेछ। यो नम्बर डायल गर्दा सपोर्ट गर्‍यो भने प्राप्त निर्देशन अनुसार काम गर्दा तपाईँको मोबाइलमा अहिले थ्रीजी वा एचएचएच देखाए जस्तै फोरजी देखाउने छ। सपोर्ट गरेन भने तपाईँले सीमकार्ड परिवर्तन गर्नुपर्ने हुन्छ। 

यी मोबाइलमा फोरजी चल्छ

नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार पछिल्लो समय बजारमा आएका सबै मोबाइलमा फोरजी चल्छ। 'नेपालमा भरखर फोरजी सेवा सुरु भए पनि अरु देशमा लामो समयदेखि यो सेवा छ। पछिल्लो ३/४ वर्षमा ल्याइएका मोबाइलहरुमा फोरजी चल्छ। कसमा चल्दैन भन्दा पनि कुन मोडेलमा चल्दैन भन्ने मात्रै हो', बस्नेतले भने।

नेपाली बजारमा विक्री वितरण हुने झण्डै २२ कम्पनीका मोबाइल मध्ये १५ भन्दा बढी कम्पनीका मोबाइलमा फोरजी सेवा चल्छ।  

सामसुङका १४ प्रकारका सेटमा फोरजी चल्छ। जस मध्ये ग्यालेक्सी जे फाइभ ९२०१६०,ग्यालेक्सी जे सेभेन ९२०१६०,ग्यालेक्सी ए फाइभ २०१६०,ग्यालेक्सी ए सेभेन ९२०१६०,ग्यालेक्सी एस सिक्स फल्याटमा फोरजी चल्ने छ।

साथै ग्यालेक्सी एस सिक्स एज,ग्यालेक्सी एस सेभेन फ्ल्याट, ग्यालेक्सी एस सेभेन एज, ग्यालेक्सी जे टु ९२०१६०,ग्यालेक्सी जेथ्री,ग्यालेक्सी जे म्याक्स ट्याब, ग्यालेक्सी नोट फाएभ ड्ओस्, ग्यालेक्सी जे फाएभ प्राइम, ग्यालेक्सी जे सेभेन प्राइम पनि फोरजी सपोर्ट गर्छ।

नेपालमा विक्री हुने हुवावेका १९ मोवाइल सेटमा फोरजी सपोर्ट गर्छ। वाइ ६ प्रो, जीआर थ्री, वाइ सिक्स सिडिएमए,वाइ सिक्स टु, अनर फोर एक्स, जीआर फाइभ,जीआर फाइभ मिनी,पि एट लाइट,जि सेभेन प्लस, पि नाइन,मेट एटमा फोरजी सपोर्ट गर्छ।

मोक्रोम्याक्स कम्पनीका नेपालमा प्रयोग हुने सबै मोबाइलमा फोरजी सेवा चल्छ। इन्टेक्सका ५ मोडलका मोबाइलमा फोरजी चल्छ। जसमध्ये इन्टेक्स अक्‍वा क्रेज,अक्वा ज्वेल,अक्वा एस मिनी,अक्वा एस टु,अक्वा भ्यु मोबाइलमा सपोर्ट गर्छ।

जेड्टीई कम्पनीका ६ मोडेलका मोबाइल सेटहरुले फोर जी सपोर्ट गर्दछन्। ब्लेड भी सेभेन लाइट,ब्लेड ए ६१०,ब्लेड एस सेभेन,ब्लेड एस सिक्स,ब्लेड डि थ्री,ब्लेड डी टुमा फोर जी चल्छ।

पानासोनिकका एलुगा ए टु, एलुगा आर्क, एलुगा आर्क टु, एलुगा आई टु, एलुगा आई थ्री, एलुगा नोट सेटले फोरजी सपोर्ट गर्छ। 

जियोनीका चार सेटमा मात्रै फोरजी चल्छ। सोनीका सोनी एक्सपेरिया एक्स, एक्सपेरिया एक्स ए, एक्सपेरिया एक्स ए अल्ट्रा, एक्सपेरिया जेड फाइभ डुअल,एक्सपेरिया जेड थ्री कमप्याम्ट,एक्सपेरिया एम फाइभ डुअल,एक्सपेरिया सी फोर डुअल मोबाइलले फोरजी सपोर्ट गर्छ। एचटीसी मोबाइलका बजारमा उपलब्ध ५ विभिन्न मोडलका फोनहरुमा फोरजी नेटवर्क सपोर्ट गर्दछ। जसमा एचटीसी डिजाएर ६२७ एलटिई,डीजाएर ७२८,डीजाएर ६३०,डीजाएर ६२८, डीजाएर ८३० फोरजी चल्छ।

लाभा ब्रान्डका लाभा ग्र्यान्ड टु र आएरिस ८७० मा मात्रै फोर जी चल्छ। कलर्सका पनि पल् ब्ल्याक के थ्री र इलाइट इ­ २० मा मात्रै फोरजी चल्छ।

ओप्पो कम्पनीका एफवन एस र ए थर्टी सेभेनमा फोरजी चल्छ। मेजु मोबाइल कम्पनीका मेजु एमथ्री एस, एम थ्री नोट र वन प्लस मोबाइलका वन प्लस यक्स, वन प्लस टु, वन प्लस थ्री,माइक्रोसफ्ट लुमियामो यो प्रविधि सपोर्ट गर्छ। एमवन म्याक्स, रेडमी थ्री एस, रेडमी थ्री प्रो, रेडमी नोट थ्री, रेडमी नोट टु, रेडमी टु प्रोले फोरजी सपोर्ट गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.