|

कास्की : प्रहरीले पोखराबाट पत्रकार ओम हमाललाई पक्राउ गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट उनलाई प्रहरीले पोखराको सिसुवाबाट पक्राउ गरेको हो । 

उनी नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक पनि हुन्। पत्रकारिता जगतमा लामो समयदेखि सक्रिय उनी विप्लवनिकट जनपत्रकार पत्रकार संगठनका केन्द्रीय सदस्य तथा गण्डकी-धौलागिरिका संयोजक हुन्।

पत्रकार महासंघ कास्की जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले हमालको पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशीघ्र रिहाइको माग गरेको छ। 

यसैबीच जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गिरफ्तार पत्रकार हमालको तुरुन्त रिहाइको माग गरेका छन्। डुम्रेले शुक्रबार एक विज्ञप्ति निकाल्दै आफ्नो संगठनका केन्द्रीय सदस्य हमाललाई अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै यथाशिघ्र रिहा गर्न माग गरेका छन्। 

'पत्रकारहरुमाथि विचार र आस्थाकै आधारमा गिरफ्तार गरेर थुनिनु गम्भीर मानवअधिकार हनन र प्रेस स्वतन्त्रता विरोधी कार्य हो', उनले भनेका छन्, 'हाम्रो संगठन यस प्रकारको धरपकड र हस्तक्षेपको भर्त्सना गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'प्रेस स्वतन्त्रताविरोधी सबै खाले गतिविधि बन्द गरेर हिरासतमा रहेका पत्ररका र लेखकहरुलाई विनाशर्त रिहा गर्न पनि माग गर्दछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.