|

बिदुर कटुवाल

उदयपुर : दाइ बैदेशिक रोजगारीमा गएको मौकामा साख्य भाइले भाउजुलाई भगाएका छन्। उदयपुरको पञ्चावती ४ खत्रीटारका २३ वर्षका हिमाल गिरीले आफ्नै भाउजु २८ वर्षकी यशोदा गिरीलाई भगाएका हुन्।

हिमालका दाइ ईन्द्र गिरी दुई वर्षदेखि बैदेशिक रोजगारीमा मलेसियामा छन्। हिमालले यशोदालाई तीन दिन अघि भगाएको वुवा तारानाथ गिरीले बताए। 'इन्द्रले दुई वर्षमा ४ लाख रुपैयाँ पत्नीको नाममा पठाएको थियो’९५ वर्षीय तारानाथले भने, ‘त्यो पैसा कता खर्च गरी? के के गर्दै हिँड्थी, हामी कसैलाई थाहा हुँदैन थियो, कुलङ्गार छोरा हिमालले नै पछि भाउजु लिएर भाग्यो।’

यशोदा र हिमाल बेपत्ता भएपछि गाउँलेले खोजी सुरु गरेका छन्। १५ वर्ष अघि ईन्द्र र यशोदाबीच मागी विवाह भएको थियो । उनीहरुको दुई छोरा र एक छोरी छन्। जेठो छोरा मिलन १२ वर्षको भने कान्छी छोरी निकिता ४ वर्षकी छन्। उनीहरु अहिले हजुरबुबासँगै रहेका छन्।  

गाउँलेका अनुसार हिमाल र भाउजु यशोदाबीच अनैतिक सम्बन्ध रहेको एक वर्ष भयो। गाउँमा उनीहरुको विषयमा हल्ला भएपछि समाजमा  घृणित कार्य नगर्न सुझाव दिएको छिमेकी शिव गिरीले बताए। ‘देवर–भाउजु अनैतिक सम्बन्धले अहिले ४ महिनाको गर्भ छ भन्ने हल्ला हुँदै थियो’शिवले भने, ‘हामीले गाउँ निकाला गर्ने धम्कि दिएका थियौं, उसले त भाउजु भगाएर दाईको परिवार चकनाचुर पार्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.