|

डडेल्धुरा : जिल्लामा श्रीकृष्ण जन्माष्टमीको भव्यताका साथ मनाइएको छ। जिल्ला सदरमुकामको बसपार्कमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग सेवा केन्द्र शाखा डडेल्धुराको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको भव्यताका साथ मनाइएको हो।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सांस्कृतिक कार्यक्रम, जन्माष्टमी पर्वको रहस्योदघाटन, रासलीला, प्रवचनलगायतका कार्यक्रम गरिएको ईश्वरीय विश्व विद्यालय राजयोग सेवा केन्द्र शाखा डडेल्धुराकी संचालिका ब्रह्माकुमारी गंगाले जानकारी दिइन्। 

भोलि शनिबार दिउँसो २ बजे श्रीकृष्णको चैतन्य झाँकी रथयात्रा (डोल जात्रा) बगरबाटाबाट बसपार्क, स्याउले भात्काडा, टुडिखेल, पोखरासम्म परिक्रमा गरी समापन गरिने उनले बताइन्।

कार्यक्रमा डडेल्धुराका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.