|

जुम्ला  : पछिल्लो समयमा जुम्लाको स्तुपा प्रमुख  पर्यटकीय थलोको रूपमा गनिएको छ। जात्रा अवधी सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो।

जुम्ला चन्दननाथ नगरपालिका सिंगापुर गाउँको सिरानमा रहेको बौद्ध शान्ति स्तुपा तथा डुडुल चैत्यमा चहलपहल बढ्दै गएको छ। यसपटक साउन महिनाको अन्तिमबाट जात्रा शुरु भएकोले पर्यटक आवागमन बढेको चन्दननाथ नगरपालिका ४ मालाभिडका कृष्णप्रसाद देवकोटाले बताए। 'बौद्ध स्तुपामा पर्यटकको बाक्लो उपस्थितिले बजार क्षेत्रका होटलहरू भरिभराउ भएका छन्' उनले भने।

जुम्लामा जात्राको समय भएकोले साविकको कर्णाली अञ्चलका ५ वटा जिल्लाबाट पर्यटकको आगमन भएको देवकोटाको भनाइ छ। स्तुपाबाट जुम्लाको भ्याली देखिने भएकाले पर्यटकको आर्कषक बढेको हो। साउन महिनाको ३१ गतेबाट दैनिक रूपमा एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको सिंगाचौरका स्थानीय अमरसिंह सुनारले बताए।

जुम्लाको स्तुपा हेर्न मुगु, हुम्ला, कालिकोट, डोल्पा, सुर्खेत, दैलेख, जाजरकोट र वाजुरा लगायत अन्य विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। जुम्लामा  यतिखेर  आर्गानिक  स्याउ टिप्ने सिजन भएकोले पनि अधिकांश पर्यटक लोभिने गरेका  छन्।

स्थानीय धीरेन्द्र काफ्ललेका अनुसार सर्वसाधारणका धेरै काम नगर र गाउँपालिकाबाट हुन थालेपछि सुनसान भएको सदरमुकाम अहिले केही चहलपहल सुरु भएको छ। जुम्लाका पत्येक होटल,  तथा खाजा पसल, फेन्सी व्यवसाय, पुस्तक, किराना पसलसहित खुद्रा व्यापारीको कारोबार बढेको छ।

एक वर्षदेखि बजारमा होटल चलाइरहेका प्रमोद शाहीले पछिल्लो समय मानिसको जावतजावत बढी हुने भएकोले व्यापार बढ्दै आएको बताए। यस्तै, कर्णाली प्राविधिक शिक्षालय हेर्न र चनदननाथ मन्दिरको दर्शन गर्न आउनेको पनि उतिकै भीड लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.