|
फाइल फोटो

दोस्रो पटक पनि शुक्रबार रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउन असफल भएकोमा म्यानमारले बंगदेशलाई दोष लगाएको छ। स्वदेश फर्किन एक जना रोहिंग्या शरणार्थीले पनि सहमति नजनाएपछि त्यसमा बङ्लादेश नै दोषी रहेको म्यानमारले आरोप लगाएको हो।

म्यानमारको सेनाले रखाइन राज्यमा रहेका बेला निर्दयी र अमानवीय व्यवहार गरेकाले आफूहरू त्यहाँ बस्न नसकेर विस्थापित हुनुपरेको शरणार्थीहरुले बताएका छन्। राष्ट्रसंघीय अधिकारीहरूका अनुसार म्यानमारबाट ७ लाख ४० हजार रोहिंग्या विस्थापित भएर छिमेकी मुलुक बंगलादेश गइ बसेका छन् ।

म्यानमारको राखिने राज्यमा मुस्लिम र बौद्ध धर्माबलम्बीहरूबीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीहरूले जनाएका छन्। विस्थापित भएका रोहिंग्याहरूलाई बंगदेशमा शिविर बनाएर राखिएको छ। त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्र भन्दा बाहिर हिड्ने स्वतन्त्रता दिइएको छैन।

शरणार्थीहरुलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै दुई देशकाबीचमा सम्झौता भएको थियो। तर, त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीले सम्झौताअनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन्।

पछिल्लो पटक गत बिहीबार तीन हजार ५०० शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको दुवै देशका अधिकारीले बताएका थिए। तर, शरणार्थीले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास पनि अर्थहीन भएको छ। 

म्यानमारको विदेश मामिला मन्त्रालयले शुक्रबार फेरि दोषारोपणको क्रमलाई निरन्तरता दिएको छ। बंगदेशको तर्फबाट कागजपत्र बनाउने र प्रमाणीकरण फाराम बनाउने कार्यमा भएको त्रुटी, विवादास्पद परिचयपत्रलगायतका कारणले शरणार्थी फर्किन आनाकानी गरिरहेको म्यानमारको विदेश मन्त्रालयको आरोप छ।

'यो प्रक्रियाले उनीहरूलाई विश्वस्त तुल्याउन सकेको छैन,' मन्त्रालयका एक अधिकारीले भने। मन्त्रालयले शरणार्थीलाई स्वदेश फर्काउन चीन र जापानले समेत सहजीकरण गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.