|
प्रतीकात्मक फोटो

दाङ : घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ। मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो।

त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो। क्याम्पसले आठ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको छ। ८२ बिघा खेतीयोग्य जमिन, सुकुम्बासाी, भूमिहीनका नाममा ‘कब्जा’मा रहेको क्याम्पस प्रशासनले जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

क्याम्पसको जग्गामा सुकुम्बासी र मुक्त कमैयाको बस्ती विकास भएको छ। क्याम्पसको ३५ बिघा जग्गामा अहिले ३०० भन्दा बढी घर निर्माण गरेर बसोबास गरिएको छ। अन्य क्षेत्रमा विभिन्न नाममा अतिक्रमण भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.