|

पाल्पा : पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रण उजिरेश्वरी भगवती जात्रा निकालिँदै छ। रथयात्राको तयारीमा रहेको भगवती मन्दिरमा शुक्रबार रातभर भक्तालुहरु जाग्राम बसेका छन्। 

भगवतीको रथयात्राले नेपाल–अंग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। वि.सं. १८७१ ÷७२ तिर जितगढीमा भएको नेपाल–अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर  सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले अंगे्रज फौजलाई परास्त गरेको खुसीयालीम विजय उत्सवसहित भगवतीको रथयात्रा निकालिने चलन चलेको हो।

जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुशीयालीमा कर्णेल उजिर सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। वि.सं. १८७७ सालदेखि  हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

यस वर्षको जात्रा २०१ औं संस्करणको हो। साइतअनुसार शनिबार दिउँसो पौने एक बजे भगवतीको रथ उठाइने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। नेपाली सेनाले सलामी चढाएलगत्तै स्वस्ती वाचन गरेर रथ यात्राको प्रारम्भ हुने उनले बताए।

जिल्लास्थित सरकार कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले आफ्नो पहिचान झल्कने झाँकी र्‍याली प्रस्तुत गर्नेछन्। जात्राको क्रममा लाखे नाच, वालन नाच, छोकडा नाचको समेत देखाइने छ। पञ्चेबाजा र भजनकीर्तकाबीच रथलाई तानसेन बजार परिक्रमा गराइने छ। जात्रा अवलोकनका लागि छिमेकी जिल्ला स्याङ्गजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, पर्वतलगायतका जिल्लाहरुबा हजारौंको संख्यामा दर्शकहरु आउने गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.