विश्व

भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको निधन
SHARES

भदौ ७, २०७६

    भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको को निधन भएको छ। भारतीय मिडियाहरूका अनुसार उनको शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो। 

    श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका थिए। उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो। 

    ६६ वर्षे भाजपाका पाका नेता जेटली सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका थिए। एक वर्षअघि एम्समै उनको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। 

    संसदीय निर्वाचनमा हारका बाबजुद अघिल्लोपटकको मोदी सरकारमा वित्तमन्त्री भएका मोदीका विश्वास पात्र जेटलीले स्वास्थ्यकै कारण यसपटक मन्त्री बन्न अनिच्छा देखाएका थिए। उनले यसपटकको चुनाव पनि लडेका थिएनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]