|

म्याग्दी : महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा नयाँ योजना ल्याउने तयारी गरेको छ। ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो।

महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले सुरक्षा जीवन योजना, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा र महालक्ष्मी सावधिक आजीवन बीमा योजना आउने तयारीमा रहेको बताइन्। उनले महालक्ष्मी लाइफ ईन्स्योरेन्समा अन्य बीमा कम्पनीहरुको तुलनामा आकर्षक तथा धेरै सेवासुविधाहरु रहेको भन्दै लगानी फिर्ता तथा दोब्बर भुक्तानी योजना समेत रहेको बताएकी छिन्।

बीमाका अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर बन्न सुझाव दिँदै क्षेत्रीय प्रमुख आचार्यले टिम विस्तारका साथै ईन्स्योरेन्सका आकर्षक योजनाहरुबारे गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्। २०७२ साल माघ २७ बाट कारोबार सुरु गरेको महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने देशैभर ५० भन्दाबढी शाखाहरु सञ्चालनमा आइसकेका छन्। शाखाहरु स्थापनाको ५ महिनाको अवधिमा मात्रै २५ करोड प्रथम बीमा शुल्क सङ्कलन गर्न महालक्ष्मी लाइफ ईन्स्योरेन्स सफल भएको दावी गरेको छ।

बेनीमा स्थापना भएको पहिलो महिनामै आफ्नो लक्ष्य पुरा गरेको महालक्ष्मीले साउन महिनामा गण्डकी प्रदेशमा म्याग्दी शाखा पहिलो हुन सफल भएको शाखा प्रमुख रबिन जिसीले बताए। देशभरीको कुल जनसङ्ख्याको करिब २० प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेकोमा पछिल्लो समय भने बीमाप्रति आम मानिसहरुको आकर्षण बढ्दै गैरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.