|

इंग्ल्यान्डको १३४ वर्ष पुरानो फुटबल कलब बरी शनिबारबाट फुटबल लिगमा भाग लिने छैन्। १८८५ मा अस्तिथवमा आएको यो क्लबले पछिल्लो तीन वर्षदेखि निरन्तर आर्थिक संकट ब्योहोरिरहेको छ। क्लबका पछिल्ला ६ वटा खेल सेड्युल क्यानसिल भइसकेका छन्।

कुनै पनि नयाँ खेलाडी अनुवन्धन गर्न क्लब असफल रहेको छ। साथै जुन खेलाडी क्लबसँग जोडिएका छन् उनीहरूले तलव नपाएको पनि तीन चार महिना भइसकेको छ। क्लबका चेयरम्यान स्टिव डेल रहेका छन्। उनले क्लब समाले पनि क्लबको खराब अवस्थामा सुधार आएको छैन्।

त्यसोत केही फुटबल क्लबका मालिकले बरी एफसी खरिदमा चासो देखाएका थिए। तर, डेल क्लब बेच्न अनिच्छुक रहेका छन्। क्लबलाई १८ करोड रुपैयाँ दिनेसम्म आए तर डेल चाह्न्छन कि क्लब बेच्दा आफ्नो सबै व्यक्तिगत नोक्सान तिर्न पुगोस्। तर, उनको यो महत्वकांक्षाका कारण क्लबनै बन्द हुने अवस्थामा पुगेको छ।

म्यानचेस्टरको गिग लेन बरी फुटबल क्लबको घरेलु मैदान हो। ग्राउन्डको बाहिर बिहीबार क्लबका समर्थकले नाराबाजी गरेका थिए। समर्थकहरूको आग्रह क्लबलाई बचाउने थियो। उनीहरूले क्लबलाई बेच्न या अन्य ठूला क्लबलाई दिन आग्रह गर्दै क्लब सञ्चालक प्रति रूष्ट भएर आरआइपी लेखेका प्लेकार्ड बोकेका थिए।

क्लबका स्ट्राइकर ह्यारी बन श्रीमती गर्भवती रहेको भन्दै आर्थिक संकटले गम्भीर असर पर्दै गएको बताउँछन्। उनले भने ‘मेरी श्रीमती गर्भवती छिन्। मैले चार महिनादेखि तलब पाएको छैन्। यो मेरो जीवनको सर्वाधिक अफ्ट्यारो क्षण हो। श्रीमतीको स्कुल टीचरको तलबले घर खर्च चलको छ। खराब आर्थिक अवस्था सामना गर्नु पर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.