|
फाइल तस्बीर

काठमाडौं : काठमाडौंमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोनको उपाधि किर्गिस्तानले जितेको छ। शनिबार भएको फाइनलमा उज्वेकिस्तानलाई प्रतिष्पर्धात्मक खेलमा ३–० को सोझो सेटमा नतिजा आफनो पक्षमा पार्न सफल भयो।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा किर्गीस्तानलाई सुरुवाती दुई सेटमा कडा चुनौती दिए पनि जित निकाल्न नसक्दा खेल सोझो सेटमानै गुमाउन उज्वेकिस्तान बाध्य भयो। किर्गिस्तानले २६–२४, २७–२५ र २५–१९ को सेटमा नतिजा निकाल्न सफल भयो।

च्याम्पियनसिपमा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए। सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो।

पहिलो पटक नेपालमा आयोजित प्रतियोगितामा ७ टोलीले सहभागिता रहेको थियो। जसमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौथो भएको थियो। त्यस्तै नेपालले पाँचौं स्थान हासिल गर्दा अफगानिस्तानले छैटौं र बंगलादेश सातौं स्थानमा रहे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.