|

संखुवासभा : चीन सरकारले खाँदबारी नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स कार्यविधि नबन्दा त्यसै थन्किएको छ। एम्बुलेन्स एकवर्ष अघि नै चीन सरकारले उपलब्ध गराएको भए पनि नगरपालिकाले कार्यविधि बनाउन खासै चासो देखाएको छैन।

विरामीलाई सेवा दिन ल्याइएको एम्बुलेन्स चलाउदै नचलाई विग्रिन अवस्थामा पुगेको छ। नगरपालिकाले विभिन्न कारण देखाउँदै एम्बुलेन्स सेवा दिन आना-कानी गर्न गरेको छ। गत साउन महिनामा चैनपुर नगरपालिका १० की गर्भवती कला राईको जिल्ला अस्पताल खाँदबारी उपचार हुन नसक्ने बतायो।

गर्भवती कलाका आफन्तले चौतर्फी एम्बुलेन्सको खोजी पनि नपाए पछि खाँदबारी नगरपालिकालाई खवर गर्दा कार्यविधि बनेको छैन। हामीले चालक र भाडा दर तोकेपछि मात्र सेवा दिन सक्ने जवाफ पाएको राईले बताए। उनी मात्र होइन अन्य सेवाग्राहीले पनि एम्बुलेन्स जिल्लामा निजी तथा सरकार गरी आधा दर्जन एम्बुलेन्स संचालन भए पनि धेरै जसो विग्रिएर थन्किएका छन्। 

उता खाँदबारी नगरपालिका नगरप्रमुख मुरारी खतिवडाले कार्यविधि नबनाएका कारण एम्बुलेन्स सुचारु गर्न नसकिएको स्वीकार गरे। नगरप्रमुख खतिवडाले भने हामीले चाँडै कार्यविधि बनाएर सेवा सुचारु गर्न बताए। हाल खाँदबारी नगरपालिकामा चारजना सवारी चालक कार्यरत छन्।

खाँदबारी नगरपालिकामा सवारी साधनकोमर्मत र इन्धनका नाममा लाखौँ रकम खर्च हुने गरेको स्रोतको भनाइ छ। जटिल प्रकृतिका विरामीलाई तत्कालै एम्बुलेन्स सेवा चाहियो भने यात्रु बोक्ने गाडीले साधनको प्रयोग गर्नु पर्ने बाध्यता छ। यात्रु बोक्ने गाडीले सेवा दिए पनि चर्को शुल्क अशुल्ने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.