|

धनगढी : बाजुराको बडिमालिका नगरपालिका-७ कि २१ वर्षीया वसन्ती नेपालीको शनिबार मृत्यु भएको छ।  कृष्ण नेपाली कि २१ वर्षीया श्रीमती वसन्ती नेपालीको जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो।

घरमै सुत्केरी व्यथा च्यापेपछि आफन्तहरूले शुक्रबार साँझ उनलाई जिल्ला अस्पतालमा ल्याएका थिए। शनिबार बिहान जिल्ला अस्पताल बाजुरामा उनको मृत्यु भएको हो।

अस्पतालमा चिकित्सकहरूको लापरबाहीले नेपालीको मृत्यु भएको आफन्तहरू आरोप लगाएका छन्। जिल्ला अस्पताल बाजुराका डाक्टर दुर्गा महर्जनले भने समयमा चेकजाच गर्न ढिलाइ भएकाले मृत्यु भएको बताए। मृतक नेपालीका श्रीमान् रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.