|
फाइल फोटो

जाजरकोट : जाजरकोटमा अरिंगालको टोकाइबाट एक महिलाको ज्यान गएको छ। नलगाड नगरपालिका – १ पाली ठूलाबगरकी ५५ वर्षीया बेलमती पुनको अरिंगालको टोकाइबाट शनिबार मुत्यु भएको हो।

घास काट्न गएका बेला बिहीबार बिहान अंरिगालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो।

चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिस गरे पनि परिवारका सदस्यले बेलमतीलाई केही सन्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए। शनिबार बिहान फेरि दुखाई बढेपछि रुकुम पश्चिमको आठविसकोट नगर अस्पाल पुर्‍याएको भए पनि उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.