|

सिन्धुपाल्चोक : नेकपाको सरकार आएपछि देशभर भौतिक निर्माणले छलाङ मारेको भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रघुवीर महासेठले बताएका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ८ र त्रिपुरासुन्दरी गाउँपालिका ६ जोड्ने सुनकोशी नदी पक्की पुलको उद्घाटन कार्यक्रममा मन्त्री महासेठले अहिलेको सरकारले देश र जनताको पक्षमा धेरै काम गरेको बताए।

‘यहि वर्षमा देशभर अहिलेसम्म २ सय ४३ वटा पक्की पुलको निर्माण गरेका छौँ’ उनले भने, ‘यो अहिलेसम्मको ऐतिहासिक काम हो। यसअघिका दिनमा यति धेरै विकास निर्माणका पूर्वाधार कुनै सरकारले पनि गर्न सकेको थिएन।’

एक हजार किलोमिटर सडक पिच, १२ सय ग्रावेल र अन्य साना सडक निर्माणमा समेत गुणस्तरमा वृद्धि गरेको बताए। नेपालको आर्थिक वृद्धिरमा समेत अहिलेसम्मकै उच्च ७ प्रतिशत पुर्‍याएको जनाए।

कृषि, विद्युतलगायतको पूर्वाधार निर्माण गरेर देश विकासको लयमा अहिलको सरकार केन्द्रित भएको दाबी गरे। देशका अन्य क्षेत्रमा र यसै क्षेत्रमा निर्माण भइरहेका पुल निर्माणलाई तीव्रता दिएर चाँडै पूर्णता दिनेसमेत बताए।

यस्तै, सुनकोशी नदीमा पुल निर्माण भएपछि यहाँको जनताको जीवनस्तरमा समेत सुधार आउने अपेक्षा राखेको प्रतिनिधिसभा सांसद अग्निप्रसाद सापकोटाले बताए। विकास निर्माणमा सरकार लागेको हुनाले अबको सरकारले जनताको समस्यालाई मुख्य रूपमा हेरेर काम गर्ने समेत प्रष्टाए।

जनताको जीवनस्तरमा सुधार आएपछि मात्रै पर्यटन र वातावरणमा सुधार आउने प्रदेश ३ का उद्योग, पर्यटन वन तथा पर्यटन अरुण नेपाल जनाए। सरकारको पहिलो प्राथामिकता विकास निर्माण भएकाले स्थानीय, प्रदेश र संघिय सरकार जनताकै कामका तल्लीन भएको बताए।

जनतकै कामको लागि आफूहरू आएको हुनाले जनतालाई सहज वातावरणको सिर्जना गर्नको लागि आफूहरू हरप्रहर लागेका सांसद शरेस नेपालको भनाइ छ। बलेफी गाउँपालिका ८ र त्रिपुरासुन्दरी गाउँपालिका ६ जोड्ने पक्की पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन्। वर्षायाममा पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय पक्की पुल निर्माणपछि खुसी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.