|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम खलंगामा शनिबार डोल जात्रा निकालिएको छ। कृष्ण जन्मेको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि डडेल्धुराका स्थानीय बासिन्दाले निरन्तरता दिएका हुन्। कृष्णको रथयात्रालाई यहाँ डोल जात्रा भनिन्छ।

विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमूर्तिको नित्य नगर परिक्रममा गरिएको छ। कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्वापर युगमा भगवान विष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौँदेखि डोलजात्रा निकाल्ने गरिएको छ। 

खासगरी डोल जात्रालाई पनि हिन्दू धर्माबलम्वीले कृष्ण जन्माष्टमी जत्तिकै धुमधामसँग मनाउँछन्। डोल जात्राको पछाडि एउटा पौराणिक कथा पनि छ।

कुनै समय मेढासुर नाम गरेको एउटा ठूलो अत्याचारी र शक्तिशाली राक्षस थियो। राक्षस बृन्दावनवासीलाई विषेश रुपमा सताउने गर्दथ्यो।

बृन्दावनवासीले भगवान् श्री कृष्णलाई त्यस अत्याचारबाट मुक्ति दिलाउन अनुरोध गरे। त्यसपश्चात श्री कृष्णले बृन्दावनवासीको रक्षा गरेका थिए भन्ने मान्यता रहिआएको छ। त्यसकारण उनीहरुले कृष्णको स्वागतका लागि राधिकासँग जुलुस निकाले। त्यसैको सम्झनामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र राधिकाको जोडीलाई झुलाएर डोल यात्रा गर्ने प्रचलन रहिआएको छ।

डडेल्धुरामा गत भने यो जात्रा निकालिएका थिएन। झाँकीसहित निस्किएको डोला जात्रा हेर्न जिल्ला सदरमुकाम क्षेत्रमा भक्तजनको भीड लागेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.