|

इलाम : इलामको इलाम नगरपालिका ९ गोलाखर्कस्थित मेची राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

माइखोलाबाट इलामतर्फ जाँदै गरेको को १ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालक इलाम नगरपालिका ९ निगुरे बस्ने अन्दाजी वर्ष १८ को कृष्णबहादुर लम्जेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

ट्याक्टरको पछाडि सवार सोही स्थान बस्ने २५ वर्षीया शान्ता बसेल र ८ वर्षीय बिजय बसेल सामान्य घाइते भएकाले उपचारको लागि इलाम अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षत्रीले जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको छ। ट्याक्टर घटनास्थलमा नै रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.