|

मुगु : कणार्ली  प्रदेशका मुगु जुम्ला कालीकोट लगायातका जिल्लामा मनाउँदै आइरहेको जात्रा शनिबारबाट सकिएको छ। साउन ३१ गते गाईजात्राको दिनबाट शुरुवात भएको जात्रा शुक्रबार श्री कृष्ण अष्टमिको दिनमा कृष्ण जन्माई शनिबार लाखे काटेर जात्रा सकिएको हो।

मुगुमा जात्रा २०५८ सालबाट मनाउन शुरु गरिएको भए पनि केही वर्ष विविध कारणले जात्रा बन्द भएको थियो। स्थानीयको सक्रियतामा पुनः जात्रा सुचारु गरी प्रत्येक वर्ष रमाइलो जात्रा प्रदर्शन गर्न सुरु गरिएको जात्रा समितिका अध्यक्ष सिहंबहादुर मल्ले बताए। उनका अनुसार जात्रा नेवार समुदायको मुख्य पर्व भए पनि पछिल्ला वर्षमा सबै जातजातिले यो पर्व मनाउने गरेका थिए।

जात्रा हेर्न स्थानीय गाउँ-गाउँबाट आउने गरेका छन् भने टाढाटाढाका स्थानीय समेतजात्रा हेर्नकै लागि सदरमुकाम गमगढीमा डेरा गरेर भए पनि बसेका छन्। जात्रा सारै मन पर्ने र जात्रा हेर्नकै लागि दुई दिनको पैदल यात्रा गरेर भए पनि गमगढी आइपुगेको सोरु गाउँपालिकाक स्थानीय वीरबहादुर शाहीले बताए।

काठमाडौंका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै हाम्रा मात्र होइन, अरूका सन्तानको पनि मृत्यु हुने गर्छ भन्ने सन्देश दिन राजाले वर्ष एक दिन आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन उर्दी दिएपछि यहि कुराले पछि आएर गाईजात्राको स्वरूप लिएको जानकारहरूको भनाइ छ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.