|

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा निर्माणाधीन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ।

निर्माणधीण आयोजनाको माटो बोक्ने बा२क १६३० नम्बरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ वर्षीय टेकमान कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले शनिबार जानकारी दिएको छ। मृतक कामीको शव पोष्टमार्टमका लागि बेनी अस्पताल ल्याइएको छ। आफन्त आएपछि मृतक कामीको शव बुझाइने प्रहरीले जनाएको छ।

अमिलाकाफलस्थित आउटलेटबाट मजदुर लिएर सुरुङ पस्ने क्रममा अनियन्त्रित भई ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेनद्रप्रसाद मरासिनीले जानकारी दिए। मृतक कामीसँगै ट्रकमा सवार अन्य मजदुर भने हाम फाली भागेर ज्यान बचाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.