|

भद्रपुर, (झापा) : झापाको तीन स्थानीय तहमा श्री कृष्ण रथयात्रा निकालिएको छ।

भद्रपुर, दमक र गौरीगञ्जमा निकालिएको श्रीकृष्ण रथयात्रा पर्व उत्सवका साथ मनाएका हुन्।

श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट रथयात्रा निकाल्ने धार्मिक परम्परा अनुसार झापा जिल्लामा पनि श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका मनाइयो। झापाको सदरमुकाम भद्रपुरमा १८ औँ भगवान् श्री कृष्ण रथयात्रा भव्य उत्सवको रूपमा मनाइएको छ।

नगरको पहिचान र गौरव बन्दै गएको श्रीकृष्ण रथयात्रालाई सभ्य र भव्य बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले यसबर्ष साढे ८ लाख लागतमा टायरको पाङ्ग्रासहित फलामले रथ बनाइदिएको छ। सोही नयाँ रथबाट रथयात्रा मनाइएको हो।

भद्रपुर नगरपालिका नगर प्रमुख जीवनकुमार श्रेष्ठले पुजाआर्चना गरी रिबन काटेर रथयात्राका शुभारम्भ गरेका थिए। 

भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट दिउँसो साढे १२ बजेदेखि शुभारम्भ भएको रथयात्रा आपगाँछी, ज्ञानेचोक, झापाचोक, संगमचोक, सगरमाथाचोक, गार्मेन्ट चोक, लेखनाथ चोक, चैतुमन्दिर, धनुषमोड, चन्द्रगढी बजार हुँदै क्याम्पसमोड, अस्पताल चोक, जनताचोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन हुने श्रीकृष्ण रथयात्रा मूल आयोजक समितिका अध्यक्ष देवु घिमिरेले जानकारी दिए। 

रथयात्रामा विभिन्न झाँकी, लाखे नाच प्रदर्शन गर्नुका साथै बालबालिका विभिन्न देवी-देवतामा भेषभुषामा सजिएका थिए। त्यस्तै दमक नगरपालिकामा पनि पाँचौँ श्रीकृष्ण रथयात्रा भव्य रूपमा मनाइएको छ।

दमकको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रममा गरी पुन सोही मन्दिरमा गएर समापन हुने जनाइएको छ। रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिएको थियो। 

उता गौरीगंजमा पहिलो पटक निकालिएको रथयात्रा हर्सोउल्लासका साथ मनाइएको छ। गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी खजुरगाछी नागरिक समाजले रथयात्राको व्यवस्थापन गरेको जनाइएको छ।

पहिलो वर्ष गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर खजुरगाछीको राधाकृष्ण मन्दिरदेखि निकालिएको रथयात्रा गौरीगंज बजार परिक्रममा गरी पुनः सो मन्दिरमा गएर समापन हुने श्रीकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष मुकेश साहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.