|

दोहा : गैरआवासीय नेपली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) कतारको २०१९–२०२१ कार्यकालका लागि मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। निर्वाचनमा मुसलमानले अर्का अध्यक्षमा प्रत्यासी तेज कटुवाललाई पराजित गरेका हुन्।

प्रतिस्पर्धी कटुवालले प्राप्त गरेको १ हजार १ सय २६ मतलाई ९ सय ४० भोटले उछिन्दै मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेका थिए। निर्वाचनबाट मुक्तदा समर्थक कार्यसमिति निर्वाचन भएको छ। अन्य पदमासमेत मुसलमानले नेतृत्व गरेको समूहका उम्मेदवारले क्लिन स्विप गरेका छन्।

त्यस्तै आइसिसी सदस्यमा ४ जना विजयी भएका छन्। जसमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल रहेक छन्।

यसैगरी प्रथम उपाध्यक्षमा मुक्तदा समूहकै उत्तम गुरुङ विजयी भएका छन्। उनले २ हजार १ सय ९३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नारायण भण्डारीले ८ सय ९० भोट ल्याएका थिए। द्वितीय उपाध्यक्षमा टंककुमार खड्का विजयी भए। खड्काले २ हजार १ सय ५६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ईश्वर काफ्लेले ८ सय ८७ मत ल्याएका थिए।

त्यस्तै, महासचिवमा पदम गिरि विजयी भएका छन्। उनले १ हजार ९ सय ५ भोट प्राप्त गरे भने उनका निकट प्रतिस्पर्धी माया केसीले १ हजार १ सय भोट पाइन्। सचिवमा अपसर खान र नेत्र भुजेल (नियम) विजयी भएका छन्। खानले १ हजार ९ सय ८८ र भुजेलले २ हजार ६ सय मत ल्याएका थिए।

कोषाध्यक्षमा विनोद प्रसाद बसौला विजयी भए। उनले प्रतिस्पर्धी रामप्रसाद गौतमको ८ सय १६ भोटका विरुद्ध २ हजार ५९ भोट ल्याएका थिए। सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन्। उनको भोट १९ सय ४३ छ भने निकटतम प्रतिस्पर्धी बुद्धबहादुर पाण्डेको १ हजार १ भोट रहेको छ।

युवा संयोजकमा रविन मगर विजयी भएका छन्। प्रतिस्पर्धी श्याम कुमार डाँगीले ल्याएको ७ सय ४६ मतभन्दा १५ सय ३० भोट बढी प्राप्त गर्दे मगरले जित्न सफल भए। महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध चयन भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.