|

कालिकोट : जिल्ला विकास समिति कालिकोटले कर्णाली राजमार्गको कालिकोट सडकखण्ड मर्मतका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार र सडक विभागको कार्यालय पुल्चोकलाई पत्र पठाएको छ।

कर्णाली राजमार्गका विभिन्न ठाउँमा बाढी, पहिरो तथा अन्य कारणले राजमार्ग जिर्ण भएकोले मर्मतको गर्नुपर्ने आवश्यकता रहेको जिल्ला विकास समितिले पत्रमा उल्लेख गरेको छ।

कर्णाली राजमार्गको कालिकोट सडकखण्डको भर्ता गाविसमा पर्ने एसमोड, कालेखोला, मान्म गाविसको सुनारखोला, सेरीघाट, ताडी, खरीखोला, गल्ली छेडा, दाहाँ गाविसको बिहानीखोला, मौलाकाटिया, कल्याणीखोला, पाखाँ गाविसको बिर्तामोड, छाप्रे गाविसको टाकुल्ला, जुबिथा गाविसको खल्लागाड, राचुँली गाविसको उकालो र फोइमहादेव गाविसको भिग्ममा पहिरो र अन्य कारणले सधै सडक अबरुद्ध भइरहने भएकाले यसको मर्मत तथा पुर्ननिर्माणको आवश्यकता रहेको मन्त्रालय र विभागमा पठाइएको पत्रमा उल्लेख छ।

कर्णाली राजमार्गको कयौं ठाउँमा पुर्ननिर्माण र स्तरोन्नति आवश्यक रहेकाले भौतिक तथा यातायात मन्त्रालय र सडक विभागलाई पत्राचार गरिएको स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले बताए। अधिकारीले भने, ‘कर्णाली राजमार्गको राजमार्गको कयौं ठाउँमा स्तरोन्नति र पुर्ननिर्माणको आवश्यकता रहेको छ।’

कर्णाली राजमार्गका विभिन्न खोला तथा सडकखण्डमा लामो समयदेखि स्तरोन्नति नभएकोले जिल्ला विकास समितिले पहल थालेको अधिकारीको भनाइ थियो। ‘हामीले जिल्ला विकास समितिबाट केही गर्न नसकिने अवस्था आयो।’ उनले भने, ‘राजमार्गको स्तरोन्नतिका लागि मन्त्रालय र विभागलाई पत्रचार गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.