|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।

प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थित बारे जानकारी लिन शनिवार सिल्क एयरवेज मार्फत सिंगापुर जान लागेका भट्टलाई एयरवेजका कर्मचारीले भट्टलाई विमानस्थलबाटै फर्काइएका उनीसँगै यात्रामा रहेका सनत न्यौपानेले जानकारी दिए।

उनले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण विमानस्थलबाटै फर्काइएको विमानस्थल स्रोतले जनाएको छ।  न्यौपानेका अनुसार आवश्यक सम्पुर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भट्टलाई क्याप्टेनले अचानक आएर भट्टलाई लिएर विमान उडान गर्न नसक्ने वताएका थिए।

भट्टले प्रधानमन्त्रीसँगको भेटघाटतय भएको कारणले मादक पदार्थ सेवन नगरेको न्यौपानेले दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.