|

चितवन :  पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेहित युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकिएको छ। चितवन जिल्ला अदालतले दोस्रो पटक थप गरेको ५ दिनको समय अवधिभित्रै प्रहरीले सवै अनुसन्धान सकाएको हो।

विहान १० बजे पछि रविसहित युवराज कंडेल र अस्मिता कार्किलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लैजाने छ। आज अन्तिम दिन प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरीरहेको स्रोतले जनाएको छ। 

प्रहरीले मिसिल बुझाएपछि सरकारी वकीलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ। त्यसपछि आजै धुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए। धुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन्। देवकोटाका अनुसार अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ।

जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ। प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन् भने आरोपी अस्मिता कार्की तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनि भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलको कोठाभित्र गएको साउन २० गत्ते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनले मृत्यु अघि रेकर्ड गराएको भनिएको भिडियोमा रवि, युवराज र अस्मितालाई आरोप लगाएपछि उनिहरु तिनै जना साउन ३० गत्ते काठमाडौंबाट पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.