|

हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले एकता प्रक्रियालाई स्थानीय तहसम्म टुंग्याएको छ। आइतबार बिहान बसेको सचिवालयको बैठकले जिल्ला कार्यालय र स्थानीय तहको एकीकरण टुग्याएको हो।

बैठकले नगर र गाउँपालिकाको अध्यक्ष र सचिव चयन सँगै जिल्ला कार्यालय टिम पनि चयन गरेको उनले बताए । स्थानीय तह भाग लगाएर सहमतिको आधारमा नेतृत्व चयन गरेको  

जिल्ला सचिव प्रेमबहादुर पुलामीका अनुसार एकीकरणका क्रममा तत्कालीन नेकपा एमालेको भागमा ६ वटा र माओवादी केन्द्रको भागमा चार वटा स्थानीय तहको नेतृत्व दिइएको छ। हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका र भीमफेदी गाउँपालिका तत्कालीन एमालेको भागमा परेको छ। तत्तकालीन माओवादीको भागमा राक्सिराङ गाउँपालिका, मनहरि गाउँपालिका, वाग्मती गाउँपालिका र थाहा नगरपालिका माओवादीको भागमा परेको छ। 

जिल्ला कार्यालय टिममा मुनु सिग्देल, प्रेमबहादुर पुलामी, बलराम बल, बद्री लम्साल, प्रमिला पुलामी, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ रहेका छन्। 

स्थानीय तहका अध्यक्ष र सचिव :

हेटौंडा उपमहानगरपालिका
अध्यक्षः रघु आचार्य, सचिवः तीर्थ थापा

थाहा नगरपालिका
अध्यक्षः  अरुण रायमाझी, सचिवः सानुकाजी गोपाली

वाग्मती गाउँपालिका
अध्यक्षः अरुण बल, सचिवः उत्तम पौडेल

वकैया गाउँपालिका
अध्यक्षः नारायण तिमल्सिना, सचिवः भक्तबहादुर खत्री

मकवानपुर गढी गाउँपालिका
अध्यक्षः रामजी सापकोटा, सचिवः राजकुमार खड्का

भीमफेदी गाउँपालिका
अध्यक्षः सानु थापा, सचिवः दीपक गोले

इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः ऋषि पुडासैनी, सचिवः बिर्जु तामाङ

मनहरि गाउँपालिका
अध्यक्षः रामप्रसाद कालाखेती, सचिवः हेमलाल उप्रेती

राक्सिराङ गाउँपालिका
अध्यक्षः हस्तबहादुर मुक्तान, सचिवः ओम स्याङ्तान

कैलाश गाउँपालिका
अध्यक्षः बुद्धिबहादुर मुक्तान, सचिवः लालसिं गुरुङ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.