समाज

बर्दियामा बाघले फेरि लियो एकको ज्यान
SHARES

प्रतीकात्मक फोटो
भदौ ८, २०७६

    बर्दिया : पाटे बाघको आक्रमणबाट आइतबार बिहानै बर्दियामा फेरि एक जनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

    आइतबार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरी घिसारेर लैजाँदै गर्दा छिमेकी महिलाहरूले होहल्ला गरेपछि छाडेर गएको स्थानीय देवीराम दहितले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको पाटे बाघको आक्रमणबाट वृद्ध थारूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

    घटनास्थल नजिक रहेको एउटा घरको बरण्डामा बिहान ४ बजेतिर बाघ देखेको समेत स्थानीयले बताएका छन्। घर नजिक रहेको निकुञ्ज भित्रबाट बिहानै पाटे बाघले आक्रमण गरेपछि स्थानीय त्रसित बनेका छन्।

    चार दिन अघि बिहीबार दिउँसो पनि बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका ४ की ५६ वर्षीय रामकली शाहीको ज्यान गएको थियो। यसअघि बढैयाताल गाउँपालिकाको मैनापोखरमा नेपाल तथा भारतीय जंगलबाट र राजापुर क्षेत्रमा भारतिय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परि दुई जनाको ज्यान गएको थियो। छ महिनाको अवधीमा बर्दियामा पाटे बाघको आक्रमणमा परि चार जनाको ज्यान गएको छ।

    यसैबीच पाटे बाघको आतंक बढिरहेको भन्दै बर्दिया निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका सामुदायिक वनभित्र घाँस-दाउरा लिन जंगलभित्र प्रवेस नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]