|

काठमाडौं :  व्यवस्थापिका संसदको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक अघि सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुसँग संसदको कार्यसूचीबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रमुख सचेतकहरुसँगको बैठकमका सहमति नभएको अवस्थामा सभामुखले सोमबार लगातार दुई तीन पटक बैठक राख्ने तयारी गरेको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

सभामुख घर्तीले दलका सचेतकलाई आफ्ना शीर्ष नेतालाई संसद बैठकमा अनिवार्य बोलाउन र त्यहिँ छलफल गरेर सहमति खोज्न पनि आग्रह गरेको शर्माले बताए। एमाले सहित नौ प्रतिपक्षी दलले एक महिना भन्दा बढी समयदेखि सदन अवरुद्ध गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.