|

स्पेनिस ज्वाइन्ट बार्सिलोना स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज घरेलु मैदानमा रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ।

३ वर्षप पहिलो पटक सिजनको पहिलो खेलमा पराजित भएको बार्सिलोना खराव सुरुवात विर्साउन मैदानमा उत्रने छ। बार्सिलोना र बेटिसबीचको खेल राति १२.४५ बजे सुरु हुनेछ।

क्याम्प नौमा हुने स्पर्धामा बार्सिलोना पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको थियो। बार्सिलोना घरेलु समर्थकको साथमा रहने छ।

यद्यपि घरेलु मैदानमा बार्सिलोनाका कप्तान लियोनल मेसी र लुइस स्वारेज र ओसुमाने डेम्बेले मैदान हुने छैनन्। तीनै जना चोटका कारण टिम बाहिर रहेका छन्। तर,प्रशिक्षक भाल्भर्डेले एन्टोनियो ग्रीजम्यान, राफिन्हो, डी जोङ लगायतका खेलाडी मैदान उतार्ने छन्।

यता, घरेलु टिमविरुद्ध मैदान उत्रदाँ बेटिस पनि पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा बेटिस रियल भालाडोलीडसँग पराजित भएको थियो। तर, बार्सिलोनालाई उसैको मैदानमा हराउन बेटिसलाई निकै कठिन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.