|
फाइल फोटो

जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिका ४ माइस्थानमा आइतबार दिउँसो ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ।

खेत जोत्ने क्रममा ज५त ६९५३ नम्बरको ट्याक्टर पल्टिँदा च्यापिएर सहचालक रहेका स्थानीय २२ वर्षीय बुद्ध थिङ गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि बर्दिबासस्थित सिटी केयर अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

मृतक थिङको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ। ट्याक्टर चालक स्थानीय चन्द्रबहादुर जिम्बालाई प्रहरीले नियन्त्रण्मा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.