|

काठमाडौं : संसदको अवरोध हटाउनका लागि राजनीतिक निकास खोज्न प्रमुख दलहरुबिच छलफल हुँदै छ। सोमबार बिहान नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठक बस्दै छ। बैठकमा विद्यमान गतिरोध अन्त्य र चुनाव घोषणाका विषयमा गम्भीर छलफल हुने नेताहरुले बताएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कुनै पनि शर्तमा संविधान संसोधन विधयेक अघि बढाउन नदिने अडान राखेकाले सहमतिको संभावना न्यून छ।

आइतबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच 'वान टु वान' वार्तामा पनि सहमति जुटेको थिएन। एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले कुनै पनि शर्तमा संशोधन विधयेक अघि बढाउने कुरामा सहमति हुन नसक्ने बताएका छन्।

‘सरकारले संशोधन फिर्ता लिनुपर्‍यो, कि स्थगित गर्नुपर्‍यो', थाहा संचार नेटवर्क सँग कुरा गर्दै नेता नेम्वाङले भने, 'होइन भने आज पनि हाम्रो अवरोध कायमै रहन्छ।’

सरकारले भने जसरी भएपनि सोमबार संशोधन विधयेक संसदमा टेबल गर्ने तयारी गरेको छ। ‘दलहरुबीच सहमतिका लागि छलफल चलिरहेकै छ', सत्तारुढ माओवादी केन्द्रका नेता अग्नी सापकोटाले भने, 'तर, चुनावमा जान धेरै ढिला भइसकेकाले आज जसरी पनि संशोधन विधयेक संसदमा लैजानुपर्छ भन्ने हाम्रो निश्कर्ष हो।’

एमाले सचिव प्रदिप ज्ञवालीले चुनाव गराउने दायित्व सरकारको भएकाले संशोधन पास भए चुनाव गर्ने नभए नगर्ने भन्ने अभिव्यक्ति गैरजिम्मेबार भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.