पारश शाहलाई कारबाही नभएकोमा सांसदको रोष

|

काठमाडौं : राय सभा बैठकमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहमा दु:ख व्‍यक्त गरेको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टीभित्र दुई शीर्ष नेताहरुबीच भएको सम्बाद र तिक्तताले सबै राजनीतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए।

यस किसिमको व्‍यवहार र सम्बादको शैलीले राजनीतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता व्‍यक्त गरे। देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दलभित्रको किचलोले सम्वृद्धितर्फ बढन बाधा पुग्ने बताए।

यस्तै, आइतबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बास्कोटाले भने पारस शाहले अन्तर्राष्ट्रिय विमानस्थालामा प्रहरीमाथि गरेको दुर्व्‍यवहारमा किन कारबाही नगरेको भन्दै सरकारसँग रोष प्रकट गरे।

यस्तै, सांसद बास्कोटाले देशमा अवान्छित गतिबिधिहरु बढ्ने, विभिन्न बहानामा कानुन हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिबिधि बढ्दा सरकार के गरेर बसेको छ’ भनेर प्रश्न गरे।

रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक संजालमा अवान्छित गतिबिधि हुदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश पनि ब्यक्त गरे। काठमाडौँ चितवन लगायतका क्षेत्रमा बढेको अवान्छित गतिविधि रोक्न सरकारले गरिरहेको कामबारे सदनमा जानकारी गराउन माग पनि गरे।

विशेष समयमा बोल्ने अन्य वक्ताहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.