|
फाइल फोटो

काठमाडौं : न्यायपरिषदको छानबिनमा राखिएका उच्च अदालतका जीवनहरि अधिकारीपछि अर्का न्यायाधीशले पनि राजीनामा गरेका छन्। गोर्खा ब्रुअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएको भन्दै न्यायपरिषदले उच्चअदालत पोखराका तीनजना न्यायाधीशमाथि छानबिन सुरु गरेपछि रामचन्द्र यादवले राजीनामा गरेका हुन्।

गत साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको ठहर गरेपछि न्यायाधीशहरू जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारवाहीको आदेश दिएको थियो।

तीमध्ये जीवनहरि अधिकारीले अघिल्लो हप्ता राजीनामा दिएका थिए भने यादवले भदौ ५ गते प्रधानन्यायाधीशसमक्ष राजीनामा पठाएको थाहा भएको छ। राजीनामा गर्ने न्यायाधीशहरूले सो मुद्दाको आदेशप्रति अडिग रहेको र कार्यक्षेत्र नमिचिएको जिकिर गरेका छन्।

परिषदले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानबिन समिति गठन गरेको र सो समितिमा बयान दिइसकेपछि अधिकारी र यादवले अपमानित भएको महसुस गरी राजीनामा गरेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.