समाज

साइबर क्राइम मुद्दामा पत्रकार गिरीलाई सफाइ
SHARES

भदौ ८, २०७६

    पोखरा : समाचार लेखेकै कारण साइबर क्राइमको मुद्दा खेपिरहेका पोखराका पत्रकार अर्जुन गिरीलाई अदालतले सफाई दिएको छ। जग्गा कारोबारमा ठगीको समाचार लेखेका ताण्डव न्यूजका सम्पादक गिरीलाई व्यवसायी विपेन्द्रराज बतासले साइबर क्राइमको मुद्दा दायर गरेका थिए। 

    आइतबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पत्रकार गिरीलाई सफाइ दिएको हो। ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा २ जनाले जाहेरी दिएपछि गिरीले त्यसैका आधारमा समाचार लेखेका थिए। सोही समाचार लेखेकै आधारमा गत बैशाख २ गते कास्की प्रहरीले पक्राउ गरेर काठमाडौँ पठाएको थियो। बीचमा उनी साधारण तारेखमा छुटेका थिए। 

    न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो। गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण कार्की र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए। यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए। 

    गिरी पक्राउपछि पत्रकार महासंघ केन्द्र तथा देशैभरिका जिल्ला शाखाहरूले रिहाइको माग गर्दै आन्दोलन गरेका थिए। ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डट कमका सम्पादक रहेका गिरीले ढिलै भएपनि सत्यको जित भएको बताए। ‘ढिलै भए पनि सत्यकै जित भएको छ। यस्तो अवस्था कुनै पत्रकारले भोग्नु नपरोस्।

    उनले भने, 'अहिले मेरो जित भन्दा पनि समग्र पत्रकारिता जगतको जित भएको हो।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]