|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले रोजगारी सृजना हुने क्षेत्रमा सहकार्य गर्न भारतीय उद्यमीहरूलाई आग्रह गरेकी छन्। भारतको मध्यप्रदेशको इन्दौरमा एशियाटिक लिवरल मल्टिफेरियस एसोसिएसन र वर्ल्ड बुक्स अफ रेकर्डसले संयुक्तरूपमा आयोजना गरेको २० औ सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष राणाले यस्तो बताएकी हुन्।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी अध्यक्ष राणाले सम्बोधनका क्रममा नेपाल-भारत बीचको आपसी सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको आर्थिक विकासमा आपसी सहयोग र सहकार्यमा जोड दिइन्।

बाह्य लगानी आकर्षण गरी मुलुकभित्र रोजगारी सृजना गर्नेतर्फ नेपाल सरकार तथा निजी क्षेत्रको जोड रहेको भन्दै अध्यक्ष राणाले यसका लागि आवश्यक मानव संशाधन विकास र स्वरोजगार सृजनामा एएलएमए र वर्ल्ड बुक्स अफ रेकर्डस् जस्ता संस्थासंग सहकार्य गर्न महासंघ तयार रहेको बताइन्।

सरकारी, निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कार्यक्रमका दौरान विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.