|

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनदिनै उग्र प्रदर्शन गर्ने र प्रहरीमाथि आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहानदेखि लागू हुनेगरी जिल्लाको सुरक्षाव्यवस्था थप कडा पारेको छ।

आइतबार राति एक आदेश जारी गर्दै चितवन जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क)को प्रयो गर्दै सोमबार बिहान ६ बजेदेखी अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ।

तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशमा लेखिएको छ।

पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान भोलि हुनेछ। भोलि नै थुनछेक बहस हुने र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो। उक्त प्रकरणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ।

सम्बन्धित समाचारः

चितवन जिल्लाको सुरक्षा समितिले तोकेको पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने सीमा यस्तो छ:

पूर्व : बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म, 

पश्चिम : पूर्व-पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौबिसकोठी चोकसम्म,

उत्तर : बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मा वि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व-पश्चिम लोकमार्गतर्फको चौबिसकोठी चोकसम्म, 

दक्षिण : बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म।

पढ्नुस् आदेशको पूर्णपाठः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.