राजनीति

विप्लव समूहको अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष रुचाल पक्राउ
SHARES

फोटाे : रुचालको फेसबुकबाट
भदौ ९, २०७६

    तनहुँ :  सरकारद्वारा प्रतिबन्धित नेकपा (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाललाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ। 

    प्रहरीले व्यास नगरपालिका–११ बाट रुचाललाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी  दिए। तनहुँबाट प्रहरीले हालसम्म सोह्र जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको उनले बताए।  पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ। 

    रुचाल प्रहरीको निगरानीमा परेसँगै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]