|

फ्रान्समा जारी जी–सेभेन राष्ट्रहरुको बैठकमा अचानक इरानी विदेश मन्त्री पुगेका छन्।

बैठकमा इरानको परमाणु कार्यक्रमलाई लिएर चिन्ता व्यक्त भइरहेको ठाउँमा इरानी विदेश मन्त्री मोहम्मद जाभेद जारिफ फ्रान्स पुगेका हुन्। उनँलाई बैठकमा बोलाइएको थिएन भने इरान जी–सेभेनको सदस्य वा पर्यवेक्षक राष्ट्र होइन। अन्तर्राष्ट्रिय सञ्चरमाध्यमहरुका अनुसार फ्रान्स पुग्नुभएका इरानी विदेश मन्त्री जाभेदले तटीय सहर बियारिट्जमा साइडलाइन वार्ता गरेका छन्। 

त्यो क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित विश्वका ७ धनी देशका प्रमुखहरु र केही पर्यवेक्षक देशका नेताहरुको सहभागिता थियो। जाभेदलाई साइड लाइन वार्ता स्थलमा देखेपछि अमेरिकी अधिकारीहरु छक्क परेका थिए।

साइडलाइन वार्ताहरुमा इरानको परमाणु कार्यक्रम मुख्य विषय बनिरहेका बेला जाभेद पुगेका हुन्। जाभेदले फ्रान्सका समकक्षी एवम् फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ तथा जर्मनी र बेलायतका अधिकारीहरुसँग भेटवार्ता गरेका छन्।  जी–सेभेनका देशहरु इरानी परमाणु कार्यक्रमको विपक्षमा छन्। ती मुलुकले इरानलाई परमाणु कार्यक्रम बन्द गर्न दबाब दिँदै आएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.