|

गुल्मी : मुलुकी अपराध संहिता लागू भएपछि गुल्मीमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ। गत वर्षको भदौदेखि गत असार मसान्तसम्म २४० जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको छ।

जसमध्ये ९२ जना पुरुष र १४८ जना महिला रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ। दर्ता भएका मुद्दामध्ये १७५ वटा फस्र्यौट भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी एवं श्रेष्तेदार कृष्णशरण लामिछानेले जानकारी दिए। दर्ता भएका मुद्दाहरुमध्ये ६५ वटा बाँकी छ।

तथ्यांकअनुसार गत वर्षका भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गरेका थिए। असोजमा सात जना पुरुष र नौ जना महिला, कात्तिकमा १५ जना पुरुष र २० जना महिलाले मुद्दा दर्ता गराएको जिल्ला अदालतका श्रेष्तेदार लामिछानेले जानकारी दिए। सम्बन्धविच्छेदका लागि मंसिरमा नौ जना पुरुष, १० जना महिला, पुषमा आठ जना पुरुष, १७ जना महिलाले मुद्दा दर्ता गराएका थिए।
 
त्यस्तै, माघमा चार पुरुष, १३ महिला, फागुनमा पाँच पुरुष, १५ जना महिला, चैतमा नौ पुरुष, नौ महिला, बैशाखमा साता पुरुष, २० महिला, जेठमा ३ पुरुष, ११ महिला र असारमा चार पुरुष, ११ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको जिल्ला अदालतका श्रेष्तेदार लामिछानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.