|

चितवन : माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी युवराज कँडेलको बयान चलीरहेको छ। आत्महत्या दुरुत्साहन मुद्धाका आरोपी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्किलाई सोमबार बिहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको हो।

उनीहरुको बयान जिल्ला अदालतका मुख्य न्यायधीश हेमन्त रावलको इजलासमा चलिरहेको छ। युवराजको बयान सकिएपछि तत्कालै रविको बयान सुरु हुने अदालतका श्रेष्‍तेदार रुद्रमनी गिरीले बताए।

यसअघि हिजो अस्मिताको बयान लिइएको थियो। हिजो समय अभावका कारण रवि र युवराजको आज मात्रै बयान लिइएको हो। बयान सकिएपछि आजै बहस हुने गिरीले बताए। बहस सकिएपछि अदालतले आजै उनीहरुलाई रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश दिनेछ।

पुडासैनी मृत्यु प्रकरणमा उनीहरू तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्धा दर्ता भएको छ। मुलुकी अपराध संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरिवानाको माग गर्दै हिजो अदालतमा मुद्धा दर्ता गराएको हो।

पुडासैनी गएको साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनले रेकर्ड गराएको भिडियोमा रवि, युवराज र अस्मिताका कारण आफूले आत्महत्या गरेको आरोप लगाएपछि तिनै जनालाई साउन ३० गत्ते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.