अर्थ

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, ७३ हजार पाँच सय पुग्‍यो
SHARES

भदौ ९, २०७६

    काठमाडौं : सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड राखिरहेको छ। आइतबारको तुलनामा छापावाल सुन सोमबार  एकैदिन एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    चााँदी पनि १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा पनि मूल्य बढेको हो। भदौ लागेदेखि मात्रै सुनको मूल्य तोलामा २५ सय रुपैयाँ बढिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]