राजनीति

आजको संसद् बैठकले पञ्जीकरण विधेयक पारित गर्ने
SHARES

भदौ ९, २०७६

    काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित हुने भएको छ। यो विधेयकको मर्मअनुसार बन्ने राष्ट्रिय परिचय पत्रले नागरिकको सम्पूर्ण विवरण एक ठाउँमा राख्न सहयोग गर्नेछ। राष्ट्रिय परिचय पत्रमा नागरिकताको विवरण, व्यक्तिगत विवरण तथा जैविक विवरण समावेश गरिनेछ।

    साथै आवश्यकताअनुसार विवरणहरु थप गर्दै जान सक्ने प्रविधियुक्त बनाइने छ। दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ छलफल र पारितका लागि गृहमन्त्री रामबहादुर थापाले पेश गर्ने कार्यसूची रहेको छ।

    यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलपछि सहमति जुटेपछि आज समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश गर्न लागिएको हो। प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ।

    त्यस्तै, बैठकमा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले “विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने कार्यसूची छ।

    बैठकमा दुईवटा मन्त्रालयका सम्बन्धमा मौखिक प्रश्नोत्तरको कार्यक्रम पनि छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र मन्त्रीले तिनको उत्तर दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]