|

चितवन : चितवनको शुरक्षा अवस्था सोमबार कडा बनाइएको छ। केही दिनयता भरतपुरमा जारी प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र अदालत वरपरको सुरक्षा अवस्था कडा गरिएको हो।

हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै सोमबार अन्य दिनको तुलनामा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अदालत वरपरको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

निषेधित क्षेत्रमा विशेष परिस्थितिबाहेक हिँडडुलमा समेत कडाइ गरिएको छ। बिहानैबाट निषेधित क्षेत्रमा माइकिङ गर्नुका साथै प्रेस, व्यवसायी, कार्यालयको काम, कर्मचारी, बिरामी लगायतबाहेकलाई सो क्षेत्रमा प्रवेश निषेध गरिएको छ।

विप्लव नेतृत्वको नेकपाको चितवन बन्दलाई मध्यनजर गर्दै समग्र जिल्लाको सुरक्षा अवस्था मजबुद बनाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। बन्द भए पनि सवारीसाधन भने निर्वाध रुपमा चलिरहेका छन्। निषेधित क्षेत्र घोषणा गरेपछि जिल्ला अदालत वरपरका क्षेत्र निक्कै शान्त देखिन्छ। प्रदर्शन गर्ने, समुहमा हिँडडुल गर्न बिहान ६ बजेबाटै प्रतिबन्ध गरेकाले शान्त देखिएको हो।

कसैले निषेधित क्षेत्र तोड्न खोज्नेलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ। सबैलाई संयमित हुन आग्रह पनि गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.